Lite Nepal

सोमबार, आषाढ ०४, २०८०

विराटनगर – बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् ।

नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए । तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन् ।

बाढी पहिररो प्रभावित ताप्लेजुङको मौसम पनि खराब भएका कारण हेलिकप्टर विराटनगर विमानस्थलमा फर्काइयो ।

काठमाडौँबाट सेनाको हेलिकप्टरमा आएका प्रचण्ड विराटनगर विमानस्थलमा अवतरणपछि भने विमानबाट काठमाडौ फर्किएका छन् ।

विराटनगर विमानस्थल प्रमुख रिन्जी शेर्पाका अनुसार प्रचण्ड श्री एयरल्यान्सको जहाजबाट सवा ३ बजे काठमाडौ फर्किएका हुन् । उनीसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानमै काठमाडौं फर्किएका छन् ।

प्रधानमन्त्रीसँग बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि आएको टोलीका अन्य सदस्य भने हेलिकप्टरमा नै काठमाडौँ फर्किएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं