Lite Nepal

बिहिबार, आषाढ १४, २०८०

विराटनगर – जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिइने विश्वासको मतकाे पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने भएकाे छ ।

पार्टीकाे काेसी प्रदेश कमिटीकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । उसले मतदान प्रक्रियामै भाग नलिने निर्णय गरेकाे बताइएकाे छ ।

९३ सदस्यीय प्रदेशसभामा जसपाकाे १ जना सांसद निर्मला लिम्बू छिन् ।

प्रदेश कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय गरेकाे हाे ।

पार्टीका कोसी प्रदेश अध्यक्ष दिपक याख्याको अध्यक्षतामा बैठक बसेकाे थियाे । बैठकले मत नदिने निर्णय गरी सोहीअनुरुप आफ्नो सांसद निर्मला लिम्बूलाई निर्देशन दिएको हो ।

पार्टीका राजनीकि सल्लाहकार तथा कोसी प्रदेशसभाका पूर्व सदस्य जयराम यादवले सत्तासीन एमाले र गठबन्धनका कांग्रेस तथा माओवादी कोसी नामांकनको विषयमा एकै ठाउँमा रहेकोले पक्ष र विपक्षमा मत नदिने निर्णय भएको जानकारी दिए ।

कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आज संसद(प्रदेशसभा)बाट विश्वासकाे मत लिने कार्यसूची छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं