Lite Nepal

बिहिबार, आषाढ १४, २०८०

विराटनगर – कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्तासाझेदार दलले आफू नेतृत्वको सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याउनु परेको बताएका छन् ।

सत्तासाझेदार दलले समर्थन फिर्ता गरेसँगै संसद (प्रदेशसभा)बाट बजेट ल्याउन नसकिएको बताए । प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेश गर्ने क्रममा उनले नीति तथा कार्यक्रम संसदमा पेश गरेपनि बजेट अध्यादेशबाट ल्याइएको उल्लेख गरे ।

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए । अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर उनले अध्यादेशबाट बजेट ल्याएका थिए । बिहीबारबाट सुरु तेस्रो अधिवेशनको पहिलो बैठकमा उनले बजेट अध्यादेश पेश गरेका हुन् । जेठ ३१ गते नीति तथा कार्यक्रम ल्याएर संविधानको प्रयोग गरेर अध्यादेशबाट बजेट ल्याइएको उनले बताए ।

माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो । उनले आज विश्वासको मत लिँदैछन् । अहिले संसदलाई सम्बोधन गर्दै उनले विश्वासको मत मागिरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं