Lite Nepal

मंगलबार, साउन २७, २०७७

काठमाडौँ । डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सोमबार राति एक बजेतिर आदर्श गाउँपालिका–१ बाँझककानीका लोगे विकको घर भत्किँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

मृत्यु हुनेमा विककी श्रीमती, दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ । विकसहित उनकी आमा र सासु, साला र दुई वर्षकी छोरी भने घाइते भएका छन् । उनीहरुको दिपायलमा उपचार भइरहेको जनाइएको छ । लगातार वर्षाले ढुंगा र माटोको गारो भएको घर भिजेकाले घर भत्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं