Lite Nepal

बिहिबार, आषाढ १३, २०८१

काठमाडौं– गर्मी मौसममा चिसो पेय निकै सेवन गरिन्छ । तर बजारमा पाइने कतिपय केमिकलयुक्त पेयले मानिसलाई फाइदाको साटो हानी पुर्‍याउँदछ । तथापि मानिसहरू गर्मीको नाममा बोतलका चिसो पेय पिउने गर्दछन् ।

गर्मी मौसममा शरीरबाट अत्यधिक पसिना आउने भएकोले पानीको मात्र पुरा गर्न तरल पदार्थ पिउनु लाभदायक हुन्छ । यस्तो बेलामा
पानी वा दहीको सेवन सबैभन्दा उपयुक्त हुन्छ । गर्मीमा चिसो दही खाँदा शरीरमा शीतलता प्राप्त हुनुका साथै स्वास्थ्यमा समेत धेरै फाइदा पुग्दछ ।

थाहा पाउनु हाेस् दही सेवनका फाइदा

– दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।

– दही मुटुको समस्या र उच्च रक्तचापका बिरामीलाई फाइदाजनक मानिन्छ ।

– पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ ।

– अरुचिको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ ।

– आन्द्रा तथा पेट सम्बन्धी रोगहरूमा दहीको नियमित सेवनले फाइदा पुर्‍याउँछ ।

– दहीको सेवनले उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुर्‍याउँछ ।

– दहीको नियमित सेवनले कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ ।

– मुटुको धड्कन बढ्ने समस्यामा पनि दहीको सेवन लाभदायी हुन्छ ।

– दहीको सेवनले हड्डीहरुको विकासमा सहयोग पुर्‍याउँछ ।

– दाँत, नङ बलियो पार्न पनि दहीको सेवन उपयोगी हुन्छ ।

– अनिन्द्राका समस्या भएकाहरूले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ ।

– दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्‍याउँछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा