Lite Nepal

बिहिबार, आषाढ १३, २०८१

काठमाडौं– फिल्म ‘महाजात्रा’का बालकलाकार अर्बिन खड्का उच्च जीपीए ल्याएर माध्यामिक शिक्षा परीक्षा ‘एसईई’मा उत्तीर्ण भएका छन् । ३ दशमलव ६१ जीपीए ल्याएर उत्तीर्ण भएको उनले खबरहबलाई बताए ।

अपेक्षाअनुसार नतिजा आएकाले प्लस टूमा कम्प्युट साइन्स लिएर पढ्ने योजना उनले बनाइसकेका छन् । आईटी क्षेत्रमा जोडिने उनको इच्छा छ । यद्यपि अभिनयबाट टाढा नरहने योजना उनले सुनाए ।

अर्बिन आदर्श विद्या मन्दिरका विद्यार्थी हुन् । उनी अभिनित फिल्म ‘महाजात्रा’ छैटौँ दिनमा प्रर्दशनरत रहँदा एसईईमा सहभागी भएका थिए ।

त्यस फिल्ममा उनी नायक विपिन कार्की र नायिका वर्षा राउतको छोराका रुपमा देखिएका छन् । चैत ९ बाट प्रदर्शनमा आएको फिल्मले ५१ दिन मनाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं