Lite Nepal

बुधबार, साउन २८, २०७७

विराटनगर । यसपटक विराटनगरमा ऐतिहासिक रथयात्रा संस्कृति र परम्परा जगेर्ना गर्न सीमित धर्मावलम्बीले सामाजिक दुरी कायम गरेर भए पनि निकालेका छन् ।

अघिल्ला वर्ष जसरी रथयात्रा नगर्ने बताएको आयोजकले यसपटक राधाकृष्णको युगल जोडीलाई खटमा राखेर सीमित धर्मावलम्बी बिच सामाजिक दुरी कायम गर्दै नगर परिक्रममा गराएको हो ।

कोरोनाभाइरस कोभिड १९ संक्रमणसंगै यो वर्ष यस्तो अवस्था आएको राधाकृष्ण धर्मशालाका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

महानगरपालिकाका मेयर भीम पराजुलीले परम्परा धान्नका लागि विषम परिस्थितीमा समेत सुरक्षित रुपमा कार्य गरिएको बताएका छन् ।

विराटनगरको ऐतिहासिक रथयात्रालाई निरन्तरता दिने उदेश्य अनुरुप खटयात्रा गरेकोमा आयोजक समितिलाई मेयर पराजुलीले धन्यवाद दिएका छन् ।

१९८८ सालमा खट यात्राबाट सुरु गरिएको राधाकृष्ण रथयात्राले २०२५ सालपछि बृहत रथयात्राको रुपमा निरन्तरता पाउदै आएको थियो ।

विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने यस रथयात्रालाई दक्षिण एशियाकै अग्लो रथयात्रा दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं