Lite Nepal

बुधबार, साउन २८, २०७७

विराटनगर । यसपटक विराटनगरमा ऐतिहासिक रथयात्रा संस्कृति र परम्परा जगेर्ना गर्न सीमित धर्मावलम्बीले सामाजिक दुरी कायम गरेर भए पनि निकालेका छन् ।

अघिल्ला वर्ष जसरी रथयात्रा नगर्ने बताएको आयोजकले यसपटक राधाकृष्णको युगल जोडीलाई खटमा राखेर सीमित धर्मावलम्बी बिच सामाजिक दुरी कायम गर्दै नगर परिक्रममा गराएको हो ।

कोरोनाभाइरस कोभिड १९ संक्रमणसंगै यो वर्ष यस्तो अवस्था आएको राधाकृष्ण धर्मशालाका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

महानगरपालिकाका मेयर भीम पराजुलीले परम्परा धान्नका लागि विषम परिस्थितीमा समेत सुरक्षित रुपमा कार्य गरिएको बताएका छन् ।

विराटनगरको ऐतिहासिक रथयात्रालाई निरन्तरता दिने उदेश्य अनुरुप खटयात्रा गरेकोमा आयोजक समितिलाई मेयर पराजुलीले धन्यवाद दिएका छन् ।

१९८८ सालमा खट यात्राबाट सुरु गरिएको राधाकृष्ण रथयात्राले २०२५ सालपछि बृहत रथयात्राको रुपमा निरन्तरता पाउदै आएको थियो ।

विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने यस रथयात्रालाई दक्षिण एशियाकै अग्लो रथयात्रा दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा