Lite Nepal

बिहिबार, माघ १०, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सम्पन्न भएपछि एक दिन सम्म उकालो पैदल यात्रा गर्नुपर्ने दूरी १० मिनेटमा छोटिने भएको छ । 

हाल तल्लो फेदी अर्थात् काफ्लेपाटीबाट उकालो पैदल यात्रा गर्दै माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिरसम्म यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । केबलकार निर्माण सम्पन्न भएपछि यो यात्रा १० मिनेट ३१ सेकेन्डमा केबलकार चढेर पार गर्न सकिने पाथीभरा केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । 

८ जना यात्रु बोक्न मिल्ने मोनो केबलकारले प्रतिघण्टा एक हजार जना तीर्थयात्रीलाई पाथीभरामा पुर्‍याउने छ । ‘६ मिटर प्रति सेकेन्डमा चल्न सक्ने केबलकार निर्माण भइरहेको छ,’ समिति सदस्य पौडेलले भने, ‘निर्माण सम्पन्न भएपछि दैनिक हजारौं तीर्थयात्रीलाई केबलकारले सुविधा दिनेछ ।’ 

अनुमानित ३०० करोड लगानी रहेको पाथीभरा केबलकार परियोजना अबको १२ देखि १५ महिना सम्ममा निर्माण सम्पन्न गर्ने गरी द्रुत गतिमा काम भइरहेको पौडेलले जानकारी दिए । अहिले बटम स्टेसन बनाउने काम भइरहेको छ । 

बट स्टेसनमा २ वटा मेसिनले स्थल मिलाउने काम गरिरहेको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए । उनका अनुसार दैनिक तिब्र गतिमा काम भइरहेको र सोही गतिमा काम भए एक वर्ष भित्रमा केबलकार सञ्चालन गर्न सकिनेछ । 

फुङलिङ नगरपालिका – ११ मा रहेको काफ्लेपाटीबाट पाथीभरा मन्दिर परिसर भन्दा ७०० मिटर पश्चिम सम्म केबलकार बन्नेछ । यसको दुरी २.७५ किलोमिटर रहने छ । केबलकारबाट ओर्लिएर तीर्थयात्रीले ७०० मिटर पैदल यात्रा गर्नुपर्ने हुन्छ । 

केबलकारको टप स्टेसनमा तातोपानी, चिया र अक्सिजनको मात्र व्यवस्था मिलाइने पाथीभरा केबलकार कम्पनी सञ्चालक समिति सदस्य पौडेलले जानकारी दिए । ‘यहाँ अन्य स्थानको जस्तो होटल तथा रिसोर्ट कुनै पनि संरचना बनाईने छैन,’ उनले भने, ‘यहाँ बनाइने संरचना पनि प्रकृतिमैत्री र स्थानीय पहिचान झल्कने काठ र माटोका बनाइने छन् ।’

१३ वटा खम्बा (टावर)मा ३८ वटा गोन्डोलाज (केबलकारको बसेर यात्रा गर्ने बक्स) झुन्ड्याएर सञ्चालन गरिने केबलकारका सबै सामान विश्वको नम्बर १ केबलकार कम्पनीबाट आयात गरिने भएकाले यसमा यात्रा गर्न सुरक्षित रहेन पौडेलको भनाई छ । ३८ वटा गोन्डोलाजमा २ वटा भने भारी बोक्ने रहने छन् । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं