Lite Nepal

शनिबार, माघ १२, २०८१

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ले ढुंगा र गुलेली हान्न थालेपछि प्रहरीले गोली चलाएको छ ।

शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर दुईजना गम्भीर घाइते भएका छन् । गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएका हुन् । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गोली लागेका एकजनालाई केही अघि र अर्का एकको भर्खरै अस्पताल ल्याइएको जानकारी दिए । उनका अनुसार पाथिभरा क्षेत्रको बलुडाडा आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

‘उनीहरू माथि थिए, माथिबाट गुलेली र ढुंगा प्रहार भएपछि सुरक्षाकर्मीबाट फायरिङ भएको हो,’ सीडीओ शर्माले भने, ‘दुई जना घाइते छन् ।’ शर्माका अनुसार घटना बेलुका करिब ६ बजेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं