Lite Nepal

मंगलबार, माघ १५, २०८१

ताप्लेजुङ । केबलकारको विरोध गर्दै पहिचानबादी मोर्चाले घोषणा गरेको ताप्लेजुङ बन्दको सामान्य प्रभाव परेको छ । प्रहरीका अनुसार चारपांग्रे सवारी चलेका छैनन । स्कुल, बजार र कलकारखाना खुल्ला छन् ।

सोमबार पाथिभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका थिए ।

प्रहरीले दमन गरेको भन्दै केबलकारको विपक्षमा रहेको पहिचान पक्षधरले आजदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालिन बन्द घोषणा गरेको थियो ।

घोषणापछि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार बन्द गराउँदै हिडेका पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक ५२ वर्षीय प्रदिप मादेनलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रवि रावलका अनुसार मादेन बलुडाँडामा भएको हुलहुज्तको घटनाका नेतृत्वकर्ता हुन् । म‌गलबार बजार बन्द गराउँदै हिडेको अवस्थामा पक्राउ गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं