Lite Nepal

शनिबार, माघ १९, २०८१

सुनसरी । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएसँगै पहिचानवादी समूहले गरेको आन्दोलनमा घाइते भएकाहरूको काठमाडौंमा उपचार हुँदैछ । उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय समेत गरेको छ । तर, तिनै घाइतेको उपचारका नाममा धरानमा मनमानी आर्थिक सङ्कलन भइरहेको खुलेको छ ।

धरानका नगर प्रमुख हर्कराज राईको श्रम अभियानमा आर्थिक सङ्कलनकर्तासमेत रहेकी मिना सिंघकले घाइतेको उपचारका लागि खर्च चाहियो भन्दै आर्थिक सङ्कलन गरिरहेकी हुन् ।

उनले दैनिक आर्थिक सहयोग सङ्कलन गर्ने र सहयोग दिनेको नाम र फोटो उनको सामाजिक सञ्जाल फेसबुकमा राख्ने गरेकी छिन् । यसरी उनले मनोमानी रूपमा रकम सङ्कलन गरेको नै प्रष्ट देखिन्छ ।

गृहमन्त्री रमेश लेखकले यसअघि नै आन्दोलनको क्रममा घाइते भएका आन्दोलनकारी र प्रहरी सबैको उपचार सरकारले निःशुल्क गर्ने निर्णय गरिसकेको र उपचारमा कुनै रकम व्यक्तिगत रुपमा खर्च गर्नुनपर्ने बताइसकेका छन् ।

यता उपचारका नाममा रकम उठाइरहेकी सिंघक भने ‘हरेक कुराको हिसाब खोज्नु हुन्न’ भन्ने उत्तर दिन्छिन् ।

सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले घाइतेको उपचार खर्च ब्यहोर्ने लगायतका निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं