Lite Nepal

मंगलबार, माघ २२, २०८१

काठमाडौं । सरकारले गठन गरेको वार्ता समिति र पाथीभरामा केबलकारको विरोधमा रहेको पहिचानपक्ष बिच आज पनि वार्ता हुने भएको छ ।

सरकारी वार्ता टोलीका संयोजक एवम् नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराइले हिजोको पहिलो वार्ता सकारात्मक भएको र आज पुनः वार्तामा बस्ने जानकारी दिए ।

हिजोको बैठकमा आन्दोलनरत पक्षले आफ्ना मागहरु राखेका थिए । थप छलफल गर्न आवश्यक रहेको निष्कर्षसहित आज पुनः बस्नेगरी स्थगित भएको भट्टराईले बताए ।

आन्दोलनरत पक्षले केबलकार निर्माणको काम रोक्नु पर्ने, काफ्लेपाटीमा रहेको सुरक्षा पोष्ट फिर्ता हुनुपर्ने, पक्राउ परेकाहरूलाई छाड्नु पर्ने, घाइतेको उपचार गर्नुपर्ने लगायत माग राखेका थिए ।

सरकारी वार्ता टोलीले केबलकार निर्माण काम रोक्न नसकिने बताएको थियो ।

पाथीभरामा केबलकार निर्माण भएपछि १ दिनको यात्रा १० मिनेटमा छोटिँदै

पाथीभरामा केबलकार : ज्येष्ठ नागरिक र बालबालिकाले निःशुल्क चढ्न पाउने

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं