Lite Nepal

मंगलबार, माघ २२, २०८१

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले पाथीभरामा निर्माण सुरु भएको केबलकारको विषयमा पार्टीको धारणा सँधै एउटै र प्रष्ट रहने बताएको छ ।

मङ्गलबार केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेल प्रसाद बुडाक्षेत्री (पराग) र जिल्ला संयोजक बिष्णुकुमार लिम्बु (बिरु) द्धारा हस्ताक्षरित विज्ञप्तिमा केबलकार निर्माणको विषयमा सुरु अवस्थाबाट नै पार्टीको धारणा प्रष्ट राख्दै आएको उल्लेख गरिएको छ ।

पार्टी विकासको पक्षमा रहेको बताउँदै केबलकार निर्माण पछि उत्पन्न विवादलाई ध्यानमा राखेर नेपाल सरकार र आन्दोलनरत पक्ष दुवै तर्फबाट वार्ता समिति गठन भइ वार्ता भइरहेकोमा माओवादीले खुसी व्यक्त पनि गरेको छ । तर, वार्ता सुरु हुँदा पनि आन्दोलन र बन्दले जनजीवन प्रभावित भइरहेको भन्दै चाँडो समाधान निकाल्न पनि उक्त पार्टीले आग्रह गरेको छ ।

‘हालको बन्दले जिल्लाका सम्पूर्ण विकास निर्माणका कार्यहरू तथा नागरिकको स्वतन्त्रतापूर्वक जीवन निर्वाह गर्न पाउने अधिकारमा समेत नकरात्मक असर परिरहेकोले नागरिकहरूको जनजीवन सहज बनाउन सम्बन्धित सबै पक्षसँग गम्भीर हुन नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति ताप्लेजुङ हार्दिक आव्हान सहित सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौ,’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं