Lite Nepal

शुक्रबार, माघ २५, २०८१

उदयपुर । उदयपुरको बेलकामा प्याराग्लाइडिङ दुर्घटना हुँदा जापानका नागरिकको मृत्यु भएको छ ।

प्याराग्लाइडिङ दुर्घटनामा परेर ७२ वर्षीय काजी ताकासीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका जापानीज नागरिक ४ जनाको टोलीमा नेपाल घुम्न आएका थिए ।

बेलका नगरपालिका–८ बोक्ताङ डाँडामा प्याराग्लाइडिङ सञ्चालनमा छ । आफैं प्याराग्लाइडिङ गरेर उडेका जापानीज नागरिक त्यहीँको फुटबल मैदानमा ‘ल्याण्ड’ गर्ने क्रममा घाइते भएका थिए ।

घाइते अवस्थाका उनलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले जानकारी दिए ।

उनका अनुसार शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको एसपी योगीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं