Lite Nepal

शनिबार, फाल्गुण ०३, २०८१

पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको स्रोतले जनाएको छ । उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।

सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष मनाउन लागेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं