Lite Nepal

मंगलबार, फाल्गुण ०६, २०८१

एजेन्सी । क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिएको छ । जसबाट ८० जना यात्रुको उद्धार गरिएको छ त्यसमा कम्तिमा ३ जना गम्भिर घाइते रहेको बताइएको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार मिनेसोटाबाट डेल्टा उडानमा सवार सबै ८० जनाको उद्धार भएको छ । विमान पल्टिएपछि अग्नि नियन्त्रकद्वारा आगो निभाइएको थियो भने आगो लाग्दै गर्दा यात्रुहरु बाहिर निस्किरहेको देखिएको थियो ।

क्यानेडियन यातायातमन्त्री अनीता आनन्दले यो गम्भीर घटनालाई आफुहरुले नजिकबाट निकायालिरहेको बताएकी छन् । दुर्घटनास्थलबारे थप विवरण आउन बाँकी भए पनि अधिकांश यात्रु सुरक्षित रहेको उनले जानकारी दिएकी छन् ।

घटनाबारे थप उद्धार र अनुसन्धानको काम भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं