Lite Nepal

बुधबार, फाल्गुण ०७, २०८१

पाँचथर । पाँचथरकाे फाल्गुन्द गाउँपालिका-३ का वडाध्यक्ष सुखबिर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ ।

नेम्वाङ नेपाली कांग्रेसको फाल्गुनन्द गाउँपालिका सभापतिसमेत थिए । राज्यको पुनःसंरचनापश्चात २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित उनी २०७९ सालमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

पछिल्लो समय उनलाई मुखको क्यान्सर भएको थियो । क्यान्सरकै कारण उनको निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले बताए । लामो समयसम्म भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरेपछि उनलाई अस्पतालले फिर्ता पठाएसँगै माघ तेस्रो साता फाल्गुनन्द ३ स्थित पौवासारतापमा रहेको घर ल्याइएको थियो ।

घरैमा रहेर उपचार गराइरहेका बखत उनको बुधबार निधन भएको हो । उनी कुशल भलिबल खेलाडी पनि थिए । उनको अन्त्येष्टि बुधबार नै गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं