Lite Nepal

शुक्रबार, फाल्गुण ०९, २०८१

ताप्लेजुङ । ‘नो केबलकार समूह’ले गाडीमा तोडफोड गर्दै चालक, स्वास्थ्यकर्मी तथा मानवअधिकारकर्मी माथि कुटपिट गरेपछि यातायात व्यावसायीले आजबाट ताप्लेजुङमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।

पाथीभरा क्षेत्रमा केबलकारको बटम स्टेसन बन्ने ठाउँमा प्रहरी र ‘नो केबलकार समूह’ बिच भएको झडपमा घाइते भएकाहरूको उद्धारमा खटिएको रेडक्रसकर्मी, उद्योग वाणिज्य संघ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत समूहले हिजो तोडफोड गर्दै चालकलाई कुटपिट गरेको थियो ।

कुटपिट र तोडफोडको विरोधमा मेची राजमार्ग, तमोर करिडोर र दोभान गुफा धरान चल्ने र जिल्ला भित्रका सम्पूर्ण सडकमा यातायात व्यवसायीले बन्दको घोषणा गरेका हुन् ।

ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले हिजो साँझ विज्ञप्ति निकाल्दै गाडीमा क्षति पुर्याउनेलाई कारबाही, चालकको उपचार, क्षति भएको गाडी मर्मत र अन्य सवारी चालकको सुरक्षाको प्रत्याभूति नभएसम्म सवारी नचलाउने जनाएको छ ।

आन्दोलनकारीको कुटपिटबाट घाइते भएका चालक चालक फुङलिङ नगरपालिका–९ का ३५ वर्षीय राजकुमार पौडेल र झडपमा घाइते भएका सुरक्षाकर्मीहरूलाई हिजो साँझ उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ ।

आन्दोलनकारीले अधिकारकर्मी सवार मे १ ज २५७९ को गाडी तोडफोड गरेका छन् । तोडफोडबाट गाडीको सबै सिसामा फुटेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं