Lite Nepal

सोमबार, फाल्गुण १२, २०८१

ताप्लेजुङ । केबलकार निर्माणसम्बन्धी विवाद बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हिजो देखि लगाएको निषेधाज्ञा यथावत रहेको छ ।

प्रहरी र आन्दोलनकारीबीच पटक/पटक झडप भएपछि जिल्ला प्रशासन कार्यलयले हिजो बिहान ५ बजेदेखि अनिश्चितकालका लागि सदरमुकाम फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।

निषेधाज्ञा अन्तर्गत सो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा जुलुस र घेराउ गर्न रोक लगाइएको छ । सदरमुकाम फुङलिङमा शनिबार बेलुकी प्रहरी र आन्दोलनकारीबीच पटक/पटक झडप भएको थियो ।

आन्दोलनकारीतर्फ घाइते भएका तीन जनालाई धरानको घोपा पुर्‍याइएको र नौ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

यता प्रहरी तर्फभने नौजना घाइते भएको र उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं