Lite Nepal

बुधबार, फाल्गुण १४, २०८१

ताप्लेजुङ । पाथीभरा केबलकार निर्माणको विषयमा विवाद हुँदा परिस्थिति असहज बनेको भन्दै ताप्लेजुङमा तीन दिनदेखि जारी निषेधाज्ञा आजबाट हटाइएको छ ।प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले फागुन ११ गतेदेखि जारी निषेधाज्ञा हिजो राति ११ बजेबाट लागू हुने गरी हटाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकको सिफारिस बमोजिम निषेधाज्ञा हटाइएको सूचनामा जनाइएको छ । प्रमुख जिल्ला अधिकारीले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका थिए ।

पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयमा फागुन ८ गते नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । उक्त विषयमा सदरमुकाम फुङलिङमा समेत झडप भएको हो । झडपको क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ २४ जना घाइते भएका थिए । आन्दोलनकारी तर्फका १७ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं