Lite Nepal

बुधबार, फाल्गुण १४, २०८१

धरान । पदम चेन्जी माबोलाई कालोमोसो दल्ने थप एक जना पक्राउ परेका छन् । अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएका जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन पक्राउ परेका हुन् । उनी कालोमोसो दलेर धरानबाट फरार रहेका थिए ।

थाम्देनलाई इलाका प्रहरी कार्यालय धरानले बुधबार साँझ धरान–१० धर्मपथबाट पक्राउ गरेको हो । माबोले इलाका प्रहरी कार्यालय धरानमा कालोमोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । उजुरीपश्चात् प्रहरीले अभियुक्त ८ जना विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको थियो ।

कालोमोसो घटनामा यस अगाडि जनता समाजवादी पार्टी नेपालका धरान उपाध्यक्ष सुमन चेम्जोङ पक्राउ परेका थिए । पक्राउ परेका थाम्देनलाई बिहीबार म्याद थपका लागि अदालत उपस्थित गराइने सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको पक्षमा बोलेको भन्दै धरान–९ स्थित पुतलीलाइनमा कुटपिट गरी माबोलाई कालोमोसो दलेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं