फागुन २४ गते ताप्लेजुङ्गे रमाउने दिन, वनभोजको तयारी अन्तिम चरणमा

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले नेपालकै ठूलो वनभोज आयोजना गर्दै

Lite Nepal

बुधबार, फाल्गुण २१, २०८१

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले फागुन २४ गते शनिबार नेपालकै ठूलो १३औं ताप्लेजुङ वनभोजको आयोजना गर्ने भएको छ ।

यसको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए । यसपटक काठमाडौंको जहरसिंह पौवा, टावरडाँडामा वनभोजको आयोजना गर्न लागिएको छ ।

ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने र एक दिन भए पनि दुःख, सुख साटासाट गर्ने उद्देश्यले सरोकार केन्द्रले हरेक वर्ष फागुन महिनामा वनभोज आयोजना गर्दै आएको छ ।

उक्त वनभोज नेपालकै ठुलो वनभोज रहेको केन्द्रको दाबी छ । १३औं ताप्लेजुङ वनभोज सम्पन्न गर्नका लागि सरोकार केन्द्रका उपाध्यक्ष नन्दु वनेमको संयोजकत्वमा वनभोज आयोजक समिति गठन गरेको र सो समितिले वनभोज सफल पार्न विभिन्न उपसमितिहरू बनाई कामलाई गरिरहेको महासचिव अशोकप्यासी राईले जानकारी दिए ।

उक्त वनभोजका लागि आर्थिक र यातायातलगायतका सबै तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । यसपटक वनभोजको टिकट रकम यसपटक पनि १००० रुपैयाँ राखिएको छ ।

केन्द्रले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपूर र भक्तपुरमा रहेका ताप्लेजुङ्गेरूलाई वनभोज स्थलमा जान विभिन्न २१ स्थानबाट बसहरूको व्यवस्थापन गरिएको छ ।

देशकै ठूलो वनभोज भएकोले मानिसहरूको भिडभाड हुने भएकाले स्वयमसेकहरूबाट भईपरि आउने समस्याहरू समाधान गर्ने र आवश्यक परेको समयमा सुरक्षाकर्मी पनि परिचालन गरिने बताइएको छ ।

ताप्लेजुङ सरोकार केन्द्रमा ताप्लेजुङ घर भई काठमाडौँमा बसोबास गर्दै आएका समाजसेवी, विभिन्न राजनीतिक दलका नेता, मन्त्री, पूर्वमन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, व्यवसायी, कलाकार, विद्यार्थी सबै पक्षको सहभागिता रहेको छ ।

केन्द्रले अन्य विभिन्न गतिविधि पनि गर्दै आएको छ । जसमा राहत तथा सहयोग, ताप्लेजुङ मेला र महोत्सव, पाथीभरा पदयात्रा महोत्सव र ताप्लेजुङ साँझ रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा