Lite Nepal

मंगलबार, फाल्गुण २७, २०८१

काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा भएको नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मुत्युबारे छानबिनको माग गर्दा निकालिएका अधिकांश नेपाली विद्यार्थी विश्वविद्यालय फर्किएका छन् । केआईआईटीबाट निष्कासित ९० प्रतिशत विद्यार्थी विश्वविद्यालय फर्किएका हुन् ।

आजदेखि हुने परीक्षामा सहभागी हुन असहज महसूस गरेका विद्यार्थीलाई पछि सहभागी हुने गरी आवेदन दिन प्रशासनले आग्रह गरेको छ । दोस्रो वर्षमा अध्ययनरत अधिकांश विद्यार्थीले पछि परीक्षा दिने गरी आवेदन दिएका छन् भने तेस्रो वर्षकाले अहिले नै परीक्षा दिइरहेका छन् ।

विश्वविद्यालयले बाँकी विद्यार्थी पनि फर्काउन पहल गरिरहेको जनाएको छ । अहिले विश्वविद्यालयको माहोल शान्त रहे पनि अधिकांश नेपाली विद्यार्थी कक्षामा गएका छैनन् । ओडिसा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे अध्ययन गरिरहेको छ । हाल भारतको मानवअधिकार आयोगको टोली समेत विश्वविद्यालयमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं