Lite Nepal

मंगलबार, फाल्गुण २७, २०८१

काठमाडौं । नेसपा नयाँ शक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । करिब १५ लाख फलोअर भएको डा. बाबुराम भट्टराई नाम गरेको फेसबुक पेज मंगलबार ह्याक भएको हो ।

भट्टराईको निजी सचिवालयका अनुसार अहिले भने उक्त फेसबुक पेज रिकभर भइसकेको छ । निजी सचिवालयका आईटी र मिडिया विभाग हेर्ने अमित खनालले उक्त पेजबाट ह्याकरले पुराना पोस्टमा अनधिकृत रूपमा कमेन्ट गरिएको थियो ।

ती कमेन्टहरूलाई हटाउने काम भइरहेको उनले बताए । त्यस्तै बाबुराम भट्टराई डट कम वेबसाइट पनि नवीकरण गरेर चलाइने उनले जानकारी दिए । लामो समयदेखि नचलाइएकाले आफूहरूको नियन्त्रणमा नरहेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं