Lite Nepal

बुधबार, फाल्गुण २८, २०८१

काठमाडौै । युद्धग्रस्त युक्रेन ३० दिने युद्धविराम प्रस्ताव मान्न तयार भएको छ । अमेरिका र युक्रेनबीच रुस-युक्रेन युद्ध अन्त्यका विषयमा साउदी अरबको जेद्दामा भएको वार्तामा जमिन, आकाश र समुन्द्रमा एक महिना युद्धविराम गर्न युक्रेनले सहमति जनाएको हो ।

एक संयुक्त वक्तव्यमा युक्रेनले रुससँग ३० दिनका लागि युद्धविराम गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार रहेको जनाएको हो ।

वाशिंटन समेत युक्रेनलाई खुफिया जानकारी दिन र सुरक्षा सहायतामाथिको प्रतिबन्ध फुकुवा गर्न तयार भएको छ । जुन तत्काल बहाल गर्ने बताइँदैछ ।

तर, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘बल रुसको कोर्ट’मा भएका कारण यस प्रस्तावलाई मस्कोसम्म लैजाने बताएका छन् । रुबियोले यो प्रस्ताव पूर्ण युद्धविरामका लागि भएको र जुन गोलीबारी रोक्नका लागि भएको उल्लेख गरेका छन् ।

ट्रम्प र जेलेन्स्कीबीच गत फेब्रुअरी २८ मा ओभल अफिसमा भएको तिक्ततापूर्ण सम्वादपछि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्का गर्नुका साथै गुप्तचरी सूचना आदान-प्रदानसमेत रोकेर सम्झौताका लागि दबाब सिर्जना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं