Lite Nepal

आइतबार, चैत्र ०३, २०८१

काठमाडौं । अबदेखि ढोका खुला राखी सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो ।

यसअघि सामान्य कारबाही हुने गरेता पनि यति ठुलो जरिवानाको व्यवस्था भएको थिएन । काठमाडौँ उपत्यकामा सवारी साधनमा ढोका लगाउन नमिल्ने अवस्थासम्म यात्रु खचाखच पारेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यसरी ढोका खुला राखेर सवारी चलाउँदा यात्रु लडेर थुप्रै दुर्घटना भएको पाइन्छ ।

त्यस्तै अवस्था ठिक नभएको सवारी चलाएमा एक हजार रुपैयाँ जरिवाना हुने समेत उल्लेख छ । निषेधित क्षेत्र र समयमा सवारी चलाएमा एक हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था मस्यौदामा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं