Lite Nepal

मंगलबार, चैत्र ०५, २०८१

इलाम । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् ।

टोलीले आइतबारदेखि यस क्षेत्रको चियाखेती, चिया उद्योगको अवस्था, हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा अध्ययन तथा अवलोकन गर्ने टी एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए ।

इलाम नगरप्रमुख केदार थापाले विशिष्ट पाहुनालाई स्वागत गर्दै नेपाल–चीन सम्बन्धमा चियाको योगदानबारे चर्चा गरे । नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक आधारमा मजबुत रहेको बताउँदै उनले नेपालको चिया चीनबाट यहाँ ल्याएर विकास भएको स्मरण गरे । उनले भने, ‘चिया हाम्रो साझा सम्पदा हो, जसले दुई देशका जनतालाई भावनात्मक रूपमा नजिक ल्याएको छ ।’

नगरप्रमुख थापाले एक सय ५० वर्षअघि नेपालमा चीनबाट बीउ ल्याएर चियाखेती सुरुआत भएकोे उल्लेख गर्दै हाल इलामको चियाले नेपालको अन्तरराष्ट्रिय पहिचान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

चिनियाँ दूतावासका प्रतिनिधिहरूले नेपालसँगको सहकार्यलाई अझ सुदृढ गर्दै नेपालको चिया उद्योग विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार श्री सिए युले विशेषगरी इलाम तथा कोशी प्रदेशमा उत्पादन हुने थिया प्रवर्द्धनमा चीनले चासो राखेको बताए ।

सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय तथा झाङझोउ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको सहकार्यमा चिया व्यवसायीका लागि आयोजित तालिमको महत्वलाई पनि भ्रमणले उजागर गरेको उपाध्यक्ष न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं