Lite Nepal

बिहिबार, चैत्र ०७, २०८१

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना गर्न माग राख्दै सरकारकाे ध्यानाकर्षण गरेका छन् ।

भट्टराईले बिहीबार उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेललाई भेटी सम्बन्धित निकायलाई ताप्लेजुङमा कार्यालय स्थापनाका लागि निर्देशन दिन माग गरे ।

ताप्लेजुङमा ठूला करदाता बढ्दै गए पनि कर तिर्न पाँचथर सदरमुकाम फिदिम जानुपर्ने बाध्यता छ ।

उनले हिजाे यसै विषयमा सदनमा शून्य समयमा बाेल्लै सरकारकाे ध्यानाकर्षण गरेका थिए ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं