Lite Nepal

शुक्रबार, चैत्र १५, २०८१

काठमाडौं । काठमाडौंमा भएको राजावादी समूहको प्रदर्शनमा १ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार उनी घाँटीमा गोली लागेर आएका थिए । हालसम्मको विवरणअनुसार घाइते हुनेहरूमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका छन् ।

प्रदर्शनमा घाइते हुनेहरूमा काठमाडौं गुहेश्वरका राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा छन् ।

त्यसैगरी सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार चन्द्र बुढा पनि घाइते भएको प्रहरीले जनाएको छ । राजावादी प्रदर्शन उग्र बनेपछि तोडफोड र आगजनी भएको थियो । सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं