Lite Nepal

बिहिबार, चैत्र २१, २०८१

काठमाडौं । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदूषण नियन्त्रणबारे सरोकारवालासँग छलफल गरेको छ। कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बिहीबार मन्त्रालयमा आयोजित बैठकमा प्रदूषण नियन्त्रणका उपायहरूबारे विज्ञ तथा सरोकारवालाबीच विचार विमर्श भएको हो।

छलफलका क्रममा विज्ञहरूले प्रदूषणको भयावह अवस्था सुधार नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिने र जोर-बिजोर प्रणाली लागू गर्ने सुझाव दिएका छन्। साथै, सडक तथा पूर्वाधार निर्माणका क्रममा अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क लगाउने व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ।

बैठकमा मन्त्री सिंहले उद्योगधन्दा, कलकारखाना तथा पूर्वाधार निर्माणका कारण बढ्दो प्रदूषण रोक्न सरकार गम्भीर रहेको बताए। उनले सम्बन्धित निकायसँग समन्वय गरी प्रदूषण न्यूनीकरणका उपाय लागू गरिने उल्लेख गरे।

“पछिल्लो समय काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ। यसलाई नियन्त्रण गर्न सरकार गम्भीर रूपमा लागिपर्नेछ,” मन्त्री सिंहले भने, “सम्बन्धित निकायहरूसँग छलफल गरेर आवश्यक निर्णय लिइनेछ।”

विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा मानिसको आँखा/नाक पोल्ने, टाउको दुख्ने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या देखिन थालेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं