इलाममा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

ट्याक्टर चोरेर लगेको आशङ्का

Lite Nepal

बिहिबार, चैत्र २८, २०८१

विराटनगर । इलामको सदरमुकामस्थित जिरो किलो भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इलाम नगरपालिकाको जिरो किलोमा गएराति को १ त ७३४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको इलामका एसपी एकनारायण कोइरालाले बताए । मृतकको पहिचान खुलेको छैन । उनले भने, ‘मृतकको पहिचान खुलाउने प्रयास गर्दैछौँ ।’

पार्किङ गरेर राखेको ट्याक्टर चोरेर दौडाउँदै गर्दा दुर्घटनामा परेको आशङ्का गरिएको छ । तर, ट्याक्टर धनीसँग बुझेपछि मात्र त्यसबारे यकिन गर्न सकिने एसपी कोइरालाले बताए । उनले भने, ‘चोरी गरेको यकिन भएको छैन, हामी ट्याक्टर धनीलाई बोलाएर बुझ्छौँ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं