Lite Nepal

मंगलबार, बैशाख ०२, २०८२

ताप्लेजुङ । २०८१ सालमा २ लाख २१ हजार ६०२ तीर्थयात्री पाथीभरा पुगेका छन् । गाडीबाट उत्रिएर ५ किलोमिटर उकालो यात्रा गर्नुपर्ने र ३ हजार ७९४ मिटर उचाइसम्म पुग्नुपर्ने पाथीभरामा यस वर्ष यत्तिको संख्यामा तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले तथ्यांक सार्वजनिक गरेको हो ।

कात्तिक महिनामा सबैभन्दा बढी र साउनमा सबैभन्दा कम दर्शनार्थी पुगेको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार साउनमा एक हजार ९५५ र कात्तिकमा ६१ हजार १७३ जना पुगेका छन् । ०८१ साल सुरु भएको महिना वैशाखमा ५१ हजार ८०४ जना पुगेका थिए भने वर्षको अन्तिम महिना चैतमा ४० हजार ४३५ जना पुगेका थिए ।

यस वर्ष ३ करोड ५ लाख ५६ हजार १२ रुपैयाँ भेटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए । सबैभन्दा बढी वैशाखमा ६९ लाख ३२ हजार चार सय रुपैयाँ संकलन हुँदा सबैभन्दा कम असोज महिनामा ४ लाख ११ हजार १५१ रुपैयाँ संकलन भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा