Lite Nepal

बिहिबार, बैशाख ०४, २०८२

काठमाडौं । कोशी नदीको प्राकृतिक बहावलाई पश्चिमी तटबन्धतर्फ धकेल्न भारतीय पक्षले बनाउन लागेको ‘पाइलट च्यानल’का काममा रोक लगाइएको छ। ‘पाइलट च्यानल’ निर्माणस्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको टोलीले निर्माण कार्यमा रोक लगाएको हो।

कोशी नदी नियन्त्रणको नाममा भारतले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ टिकुलियास्थित पश्चिमी तटबन्ध नजिकै नदीको प्राकृतिक बहाव परिवर्तन गराउन पाइलट च्यानल खनिरहेको थियो । भारतीय ठेकेदारले अपारदर्शी ढंगले खनिरहेको उक्त पाइलट च्यानलबाट पश्चिमी तटबन्ध जोखिममा पर्ने र आधा दर्जन नेपाली गाउँ डुबानको खतरामा पुग्ने भन्दै स्थानीयले विरोध गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी दाहालले भारत-नेपालका प्राविधिकलाई राखेर छलफलमा बस्ने र अनिमात्र काम अघि बढाउने नबढाउनेबारे निष्कर्षमा पुग्ने बताए ।

भारतीय पक्षले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ टिकुलियास्थित नदीमा गत चैत १३ मा खन्न लागेको ‘पाइलट च्यानल’ का कारण यहाँको टिकुलिया, बानरझुला, डल्बा, रम्पुरालगायत आधा दर्जन बस्ती बाढीको उच्च जोखिममा छन्।

टोलीमा प्रमुख जिल्ला अधिकारी दाहालसहित तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक सुरेन्द्र कोइरालालगायत थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं