Lite Nepal

शुक्रबार, बैशाख ०५, २०८२

सोलुखुम्बु । सोलुखुम्बुको थामेमा यही वैशाख ९ गते आरोही सम्मेलन (समिर्टस् समिट) हुने भएको छ । ‘जलवायु न्यायका लागि साथसाथै’ संस्थाले आयोजना गर्न लागेको उक्त सम्मेलनमा आरोही, जलवायु र पर्यटन विज्ञ एवं सरकारी तहबीच समूहगत छलफल हुने बताइएको छ ।

साथै सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा उक्त आरोही सम्मेलन जोडिएको छ । सम्मेलनलाई आज सगरमाथा संवाद सचिवालयले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी सञ्चालन गर्न स्वीकृत दिएको छ । साथसाथैका अध्यक्ष प्रजिता कार्कीले कार्यक्रमका लागि सरोकारवाला संघसंस्थासहित सरकारले पनि अपनत्व लिएकोमा उत्साहित भएको बताइन् ।

सम्मेलनमा सगरमाथा आरोही कतारकी राजकुमारी आस्मा अल थानी, चर्चित आरोहीहरु कामारिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, तेम्वाछिरी शेर्पा, माया गुरुङसहितलगायतको सहभागिता हुने उनले जानकारी दिइन् । आरोही सम्मेलनमा जलवायु परिवर्तनका कारण गत वर्ष थामेमा हिमपहिरो गई समस्यामा परेका पीडितको सहभागिता रहने आयोजकले जनाएको छ ।

यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, टेवा, नेप्लीज युथ फर क्लाइमेट एक्सन (एनवाईसिए) सहितका सङ्घसंस्था सहआयोजकका रुपमा छन् । नेपाल सरकारले यही जेठ २ देखि ४ गतेसम्म जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य शीर्षकमा विभिन्न देशको सहभागिता हुने गरी सगरमाथा संवाद आयोजना गर्दैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं