Lite Nepal

शनिबार, बैशाख ०६, २०८२

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित मुस्तफावाद क्षेत्रमा चार तले भवन भत्किँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । यो घटना शनिबार बिहान करिब २:३० बजे भएको हो ।

भग्नावशेषमा अझै १० जनाभन्दा बढी फसेको आशंका गरिएको छ। राष्ट्रिय आपदा मोचन बल र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको छ।

डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले घटनाको पुष्टि गर्दै आफूहरूलाई बिहान करिब २:५० बजे घर भत्किएको जानकारी प्राप्त भएको बताए। उनले भने, ‘जब हामी घटनास्थलमा पुग्यौँ, हामीले पूरै भवन भत्किएको र मानिसहरू भग्नावशेषमा फसेको पायौँ। प्रहरीसँगको सहकार्यमा उद्धार कार्य सुरु गरिएको छ।’

शुक्रबार राति दिल्लीको मौसम अचानक बदलिएको थियो। भारी वर्षा र आँधीबेहरीका कारण धेरै क्षेत्रमा क्षति पुगेको छ। यही कारणले गर्दा मुस्तफावादको भवन पनि ढलेको मानिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं