भारतमा ६५ हजार संक्रमित थपिए, ३ हजार ७१ संक्रमितको मृत्यु

विराटनगर । भारतमा थप ६५ हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार ९७३ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९४ लाख […]

प्रदेश १ को नीति तथा कार्यक्रममा सांसदहरुले बोल्ने क्रम सकियो

विराटनगर । प्रदेश १ को बजेट अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले बोल्ने क्रम सकिएको छ। दुई दिनसम्म सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा छलफल गरेका थिए। प्रदेशसभा बैठकमा विपक्षी दलका सांसदहरुले कार्यान्वयन गर्न नसकिने महत्वाकांक्षी र आश्वासन मात्र भएको आरोप लगाए। सत्तापक्षका सांसदहरुले भने नीति कार्यक्रमको बचाउ गरेका छन्। बैठक भोलि २ बजे पुनः […]

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत […]

सांसद नरोत्तमले माफी माग्दै भने, ‘मेरो अभिव्यक्ति आपत्तीजनक र संसदीय मर्यादा विपरित रहेछ’

काठमाडौं । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिको चर्को विरोध भएपछि माफि मागेका छन् । शनिबार उनले प्रधानमन्त्रीप्रति लक्षित गरी प्रयोग भएको शब्दहरु आपत्तीजनक र संसदीय मर्यादा विपरित भएको स्वीकार गर्दै माफी मागेका हुन् । वैद्यले भनेका छन्,‘बागमती प्रदेशको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको छलफलको क्रममा हिजो मिति २०७८÷०२÷२८ […]

वाग्मती प्रदेश सभामा काँग्रेस सांसद वैद्यको आपत्तिजनक अभिव्यक्ति, चौतर्फी विरोध

काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका छन् । शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या […]

सर्वोच्चको अन्तरिम आदेश लागेन उचित, ओली पक्ष पुनरावलोकनमा जाने

काठमाडौं । एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई अवैध ठह¥याउने सर्वोच्च अदालतको बिहीबारको अन्तरिम आदेश पनि पार्टी एकताका लागि ‘रसायन’ नबन्ने भएको छ । महाधिवेशन आयोजक कमिटीलाई अवैध र कर्णाली प्रदेशका चार प्रदेश सभा सदस्य पुनर्वहाली गर्ने आदेशविरुद्ध प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्ष पुनरावलोकन जाने भएपछि अन्तरिम आदेश एकताका लागि ‘रसायन’ नबन्ने अवस्था भएको हो । […]

विश्वकप छनौट खेल : नेपाल अष्ट्रेलियासँग पराजित

विराटनगर । फिफा विश्वकप–२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस मानिने अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल […]

नेपाली अलैंचीका ५ जात पहिचान, देशका ४१ जिल्लामा ५ हजार टन उत्पादन

ताप्लेजुङ । नेपाली अलैंचीको पाँचवटा जात पहिचान गर्दै दर्ता प्रक्रिया सुरु भएको छ । नेपालमा उत्पादन हुने १४ मध्ये रामसाई, गोलसाई, डम्वरसाई, जिर्मले र भार्लाङ जातका अलैंची पहिचान गरी दर्ता प्रक्रियामा रहेको अलैंची विकास केन्द्र फिक्कल इलामले जनाएको छ । विकास केन्द्रका बाली संरक्षण अधिकृत देवेन्द्र शाहका अनुसार कृषि मन्त्रालयले स्वीकृत गरेर राजपत्रमा प्रकाशित भएपछि यस्ले मान्यता […]

प्रदेश १ मा कोरोना जित्ने बढ्दै ९०२ संक्रमणमुक्त हुँदा ४६२ संक्रमित

विराटनगर । प्रदेश १ बाट ९०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, […]

आहा ! निषेधाज्ञामा नै कन्यामले फेर्यो आफ्नो मुहार (फोटो फिचर)

इलाम । कोभिड–१९ महामारीका कारण पर्यटकिय क्षेत्र ठप्प छन् । सडकमा चहल पहल कम छ । तर, पुन यो क्षेत्र चलायमान भने अवस्य हुने छ । यसलाई मध्यनजर राख्दै इलामको पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले यो समयमानै कन्याम लगायत अन्य पर्यटकिय क्षेत्रलाई सजाएको छ । अहिले कन्यामले आफ्नो मुहार फेरेको छ । पर्यटकले सधैं खचाखच रहने […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा