Lite Nepal

बिहिबार, आषाढ १४, २०८०

विराटनगर – कोसी प्रदेशमा नयाँ सत्तासमीकरणको चलखेल भइरहँदा राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)ले नेकपा (एमाले)को साथ नछाड्ने अडान लिएको छ । प्रदेशमा एमाले र राप्रपा हालका सत्तारुढ दल हुन् । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ जना सांसद (प्रदेशसभा सदस्य छन् ।

दुवै दलका ४६ सांसदसहित एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की हाल मुख्यमन्त्री छन् । यद्यपि, उनी अल्पमतमा छन् । गत निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन भएको थियो ।

प्रदेशमा चुनावपछि राप्रपा, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)सहितको समर्थनमा एमालेको नेतृत्वमा सरकार बनेको थियो । प्रदेशभामा माओवादीका १३ (सभामुखसहित) र जसपाका १ सांसद छन् । सत्तासाझेदार जसपाले जेठ १७ र माओवादीले जेठ २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

सत्तासाझेदार दलले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार अहिले मुख्यमन्त्री कार्कीले संसद (प्रदेशसभा)बाट विश्वासको मत लिँदैछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा