असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो । १ वैशाखमा सुरु हुने शैक्षिक सत्र नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित प्रायः भएको हो […]

आजबाट महिला लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं । महिला लघुवित्तको आर्ईपीओ आजबाट बिक्री खुला गरिएको छ । आजबाट आवेदन खुला भएको आईपीओ छिटोमा फागुन ४ गते र ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । महिला लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओ मध्ये […]

देशभर विहानैदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

विराटनगर । नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू(भागहरुमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का […]

आज सोनाम तथा ग्याल्बो ल्होछार, सार्वजनिक बिदा

काठमाडौं । आज सोनाम तथा ग्याल्बो ल्होछार। देशभरका तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदैछन्। यता शेर्पा समुदायले भने ग्याल्बो ल्होछार। ह्योल्मो समुदायले पनि आजै ल्होछार मनाउँदै छन्। सरकारले सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले तामाङहरुले मान्दै आएको सोनाम ल्होछारमा बिदा दिने निर्णय गरेको हो। यसअघि सरकारले सोनाम ल्होछारको […]

दाहाल–नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन, उपत्यकाको ट्राफिक अस्तव्यस्त

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर १२ बजे सुनधारामा मूल प्रदर्शन हुने नेकपाले जनाएको छ। भृकुटीमण्डपमा हुने विरोधसभा अगाडि पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालेर सुन्धारामा मुल प्रदर्शन हुने नेकपाले जनाएको छ। विरोध सभामा सहभागी हुन […]

मुख्यमन्त्री राईले भने ‘प्रदेश सरकारले तीन वर्षमा के–के गर्‍यो, सबैको गोजी–गोजीमा आइपुग्छ

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गरेका कामको फेहरिस्त तयार गरेर एक महिनाभित्र सबैका गोजीमा पुर्‍याउने बताउनुभएको छ । काम नभएको भनेर भइरहेको आलोचनाप्रति लक्षित गर्दै मुख्यमन्त्री राईले तीन वर्षमा प्रदेश सरकारले गरेका कामको फेहरिस्त सबैका गोजी–गोजीसम्म पुग्ने दाबी गर्नुभयो । नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा ओखलढुङ्गाको भवन उद्घाटन गर्दै […]

आमहड्ताल पछि माघ २८ मा प्रचण्ड माधवको प्रदर्शन, यस्तो छ अबको तयारी

काठमाडौं । संसद विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको प्रचण्ड(माधव समूहको नेकपाले २८ गते बुधबार जनप्रदर्शन गर्ने जनाएको छ । राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेको सूचना जारी गर्दै प्रचण्ड समूहको नेकपाले सरकार विरुद्ध जनप्रदर्शनका लागि आह्वान गरेको हो । नेकपाको जारी विज्ञप्ति अनुसार पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिने र १२ बजे सुनधारामा […]

फेरि वर्षा र हिमपातको संभावना, यस्तो हुनेछ अबको मौसम

काठमाडौं । यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए । नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो । आइतबार […]

ओलाङचुङगोलामा मोबाइल नेटवर्क विस्तार

ताप्लेजुङ । पूर्वोत्तर नेपालको अन्तिम बस्ती ओलाङचुङगोलामा नेपाल टेलिकमले मोबाइल नेटवर्क विस्तार गरेको छ। टेलिकमले स्याटेलाइट प्रविधिबाट चल्ने टावर राखेर बिहीबारदेखि सेवा सुरु गरेको हो। ओलाङचुङगोला ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तीन दिन पैदलमा रहेको चीनसँगको सीमावर्ती दुर्गम गाउँ हो। स्थानीय महेन्द्र आधारभूत विद्यालयको प्राङ्गणमा टावर राखिएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए। ‘अब मोबाइलबाटै […]

सत्तारुढ दल नेकपाको आज शक्ति प्रदर्शन, यसरी निस्कदै छ जुलुस

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपीशर्मा ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ। काठमाडौँको ट्राफिक जाम नहोस् भनेर जनसभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए। जनसभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने उनले बताए। कमिटीले प्रतिनिधिसभा विघटन […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा