पाँचथरका २ स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना

ताप्लेजुङ । सशस्त्र प्रहरीले भारतसँग सिमाना जोडिएका पाँचथरका दुई स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ र फालेलुङ गाउँपालिकाको सुर्केथाममा स्थापना गरिएको हो । चिवाभञ्ज्याङ बीओपीको बिहीबार प्रदेश सांसद सिता थेवे र सशस्त्र प्रहरी बल १ नं प्रदेश प्रमुख (डिआईजी ) बंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरे । शुक्रबार सुर्केथामको […]

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष खतिवडाले राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिएका खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गरेका थिए । त्यसपछि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि […]

प्रदेश १ मा कोरोना : १४५ संक्रमित थपिए, ७२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो । मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ६० जनामा संक्रमण पुष्टि भएको छ […]

एकाविहानै गयो भूकम्प, केन्द्रबिन्दु संखुवासभा

काठमाडौं । शुक्रबार बिहान संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान ७ बजेर २० मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको बताईएको छ । भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महशुस गरिएको थियो ।

सप्तरीका दुई कोरोना संक्रमितको धरानमा मृत्यू

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्प्तालमा सप्तरीका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार राजविराज ७ का दुबै पुरुषको विहीबार १ घण्टाको अन्तरालमा मृत्यु भएको हो । प्रवक्ता सापकोटाका अनुसार छिन्नमस्ता अस्पतालबाट रिफर भएर कोभिड १९ अस्पतालमा भदौ ८ गते भर्ना भएका ५५ वर्षीय […]

प्रदेश १ मा कोरोना : २४ घण्टामा ९५ संक्रमित थपिए, ६० जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ३३ जनामा संक्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट […]

गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने मिश्र भन्छन् ‘अब ७० करोड बार्गेनिङको भिडियोसहित आउँदैछु’

काठमाडौं । गोकुल बाँस्कोटाले ७० करोड घुस प्रकरण नाम दिईएको एक अडियो सार्वजनिक गरेका विजय प्रकाश मिश्रले आफुसँग त्यसको भिडियो समेत सर्वजनिक गर्ने बताएका छन् । देशबाहिर रहेका मिश्रले एक टेलिभिजनसँग अनलाईन अन्तवार्ता दिँदै आफुले उक्त भिडियो अख्तियार र अदालतमा बुझाउने बताए । मिश्र हाल जापानमा छन् । तर उनलाई अख्तियारले ७ दिन भित्र हाजिर […]

एयर अरेवियालाई यात्रुको रकम फिर्ता गर्न योगेश भट्टराईको निर्देशन

काठमाडौं । सरकारले एयर अरेवियालाई यात्रुहरुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाण्डौ आएको १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन […]

कोरोना जितेका सञ्चारकर्मीलाई नेकपा महानगर कमिटिको सम्मान

विराटनगर । नेकपा विराटनगर महानगर कमिटिले कोरोनामुक्त भएका ६ जना सञ्चारकर्मीलाई सम्मान गरेको छ । बुधबार कोरोना संक्रमित उद्घोष दैनिकका पत्रकारहरुलाई कार्यालयमा गएर खादा ओढाई नेकपाले सम्मान गरेको हो । कोरोना संक्रमण भएकाहरुलाई छुवाछुत गर्ने र समाजमा अपमान गर्ने घटना भइहरेकोले त्यसलाई चिर्न अभियान थालिएको नेकपा महानगर अध्यक्ष सागर थापाले जानकारी दिए । कोरोना मुक्त […]

झापाको शिवसताक्षीमा एक युवकको हत्या, तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान

झापा । झापाको शिवसताक्षी नगरपालिका ११ सतासीधाम जाने बाटोमा एक युवक मृत अवस्थामा फेला परेका छन्। शिवसताक्षी नगरपालिका मैनाचुलीका २८ वर्षीय गोमनसिंह मगर मंगलबार बेलुकादेखि बेपत्ता भएका थिए। परिवारले झिलझिले प्रहरीमा मगरको खोजी गरिदिन पनि जानकारी गराएका थिए। सतासीधामको रतुवामाई वृक्षारोपणका वन रक्षकले उक्त शव देखेर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा