काठमाडौँ – काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय हुनुभएको छ । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित हुनुभएको हो । साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार […]
काठमाडौं – सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज उक्त विमानस्थलसम्बन्धी निर्माणसम्बन्धी विवादमा रिट जारी गर्दै निर्माण कार्य रोक्ने फैसला सुनाएको हो । उक्त विमानस्थल निर्माण गर्ने क्रममा रुख कट्ने विषयलाई […]
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सशक्त प्रतिपक्ष भएकाले छिट्टै सरकारमा आउन सक्ने दाबी गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले प्रमुख प्रतिपक्ष दल जहिले पनि गभर्नमेन्ट इन वेटिङको रूपमा हुने बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एमाले सैद्धान्तिक तवरमा मात्रै गभर्नमेन्ट इन वेटिङ होइन, नेकपा […]
काठमाडौं । नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । गत साता पलकै वकिलहरुको आग्रहमा स्थगित भएको सुनुवाइ आज हुन लागेको हो । आज हुने सुनुवाइमा पललाई थुनामै राख्ने वा धरौटीमा रिहा गर्नेबारे निर्णय हुनसक्ने बताइएको छ ।
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा […]
काठमाडौं – नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले स्थानीय चुनावका समयमा ताप्लेजुङको खोक्लिङमा भएको हत्याका विषयमा गम्भिर अनुसन्धान गर्न गृहमन्त्री समक्ष आग्रह गरेका छन् । मंगलबार ताप्लेजुङबाट काठमाडौं आएका प्रतिनिधिसहित गृहमन्त्रालय पुगेका भट्टराईले मिक्वाखोला गाउँपालिका १ का स्थानीय बिमल कार्कीको बैशाख २८ गते राती खोक्लिङको दुङ्जामा हत्या भएको तर, अनुसन्धान फितलो भएको […]
इलाम – इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ […]
ललितपुर – ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी हुनुभएको छ । प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाउनुभयो । त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार […]
काठमाडौं (लाइट नेपाल) अहिले चर्चामा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका बालेन्द्र साह (बालेन) मात्रै छैनन्, म्यादी प्रहरीको ड्रेस लगाएर सागर, बसन्ते, किस्ने भन्ने मिदी पनि चर्चामा छन् । उनी हुन्, कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी । उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान ग¥यो र पक्राउ पनि ग¥यो । दाई म्यादी […]
काठमाडौं (लाईट नेपाल) – स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले मुलुककै ध्यान खिच्नुभएको छ । काठमाडौंमा शाहले मूलधारका पार्टी एमाले र कांग्रेसलाई पछि पारिरहेकाबेला विजयको अड्कलबाजी भइरहेको छ । काठमाडौंमात्र होइन, बालेनको जीतको चासो देशका विभिन्न भागमा परेको छ । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का विजय फुयाल र रमेश खड्काले […]