विराटनगर । ताप्लेजुङ फुङ्लिङ नगरपालीकाका स्थानीय आनन्द श्रेष्ठ कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा नै बसे । अचानक स्वासप्रस्वासमा समस्या देखिएर अक्सिजनको मात्रा घट्न थाल्यो र सिम्रिक एयरको हेलिकोप्टरबाट आइतबार विराटनगर पु¥याईयो । समयमा हेलिकोप्टरले सेवा दिएपछि नोबेल अस्पातालमा उनको अहिले उपचार भइरहेको छ । केही दिन अघि मात्रै दुई जना संक्रमित महिलालाई हेलिकोप्टरबाटै उपचारका लागि […]
विराटनगर । झापाको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पताल सँग जोडेर अनर्गल प्रचार भएकोमा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै प्रसाईले अस्पतालको विषयलाई लिएर अनावश्यक रुपमा लगाएका भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गलको पछि नलाग्न सबैलाई आग्रह समेत गरेका छन् । […]
विराटनगर । भारतमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । दैनिक वृद्धिमा दुई साता यता कमी आएको हो । लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा झण्डै २७ हजारले कम रहेको बताइएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको […]
विराटनगर । प्रदेश १ मा सोमबार १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६७ […]
विराटनगर । मोरङमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रममा १० र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जनाको मृत्यु भएको हो । यस्तै […]
विराटनगर । प्रदेश १ मा आज ७६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुष […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै मुख्यमन्त्री राईले संघिय सरकारसँग पनि आवश्यक मात्रामा खोप […]
विराटनगर । प्रदेश १ मा अब कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा स्काउटमा आबद्ध भएकाहरु पनि खटिने भएका छन् । यस अघिसम्म सेनाले मात्रै शव व्यवस्थापन गर्दै आएको थियो । दक्ष जनशक्ति तयार गर्न स्काउटमा आवद्ध भएकालाई अहिले धमाधम तालिम दिइदै छ । यसै विषयमा झापामा आइतबारबाट चार दिने तालिम सुरु गरिएको छ । […]
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित १० जनाको एकै दिन मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र नोबेलको कोभिड वार्डमा मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । मृत्यु हुनेमा ५० वर्षभन्दा कम उमेर समूहका पाँच जना रहेका छन् । नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का […]
ताप्लेजुङ । ताप्लेजुङमा कसैको मृत्यू भए बोक्ने शव वाहन छैन । एम्बुलेन्सलाई शव बोक्न छुट छैन, कहिले ट्याक्टर त कहिले अन्य सवारीमा शब बोक्नुपर्ने जिल्लाबासीको बाध्यता छ । तर, अब यो बाध्यता हट्दैछ । जिल्लामा शववाहनको व्यवस्था हुने भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिन अघि कोरोना नियन्त्रणमा जिल्लाको समस्या […]