काठमाडौं । प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ उपहार पाएका छन् ।
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेता घोषणा गरेको हो । सो क्रममा प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ सहयोग गर्ने ग्राहकलाई १ लाख रुपैयाँ उपहार परेको हो ।

विजेता ग्राहकको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ । सरकारले प्रत्येक १५र१५ दिनमा विजेता घोषणा गर्नुपर्ने भए पनि यस पटक भदौ महिनाको विजेता मासिक रूपमा घोषणा गरिएको हो । भदौ १० गते आएको बाढीका कारण भदौ १६ गते गर्ने भनिएको कार्यक्रमसमेत प्रभावित भएपछि विजेता घोषणा ढिला भएको हो ।
