मापदण्डविपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा सिलबन्दी

झापा । मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा बुधबार सिलबन्दी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वको टोलीले चारआली र धुलाबारी क्षेत्रमा मापदण्डविपरीत चलेका स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो । चारआलीस्थित मनोकामना अस्पताल र धुलाबारीस्थित शिखर अस्पतालले एक वर्षदेखि नवीकरण नगरी सञ्चालन गरेको पाइएकाले सिलबन्दी […]

विदेशी मुलुकलाई नेपाली नागरिकको डीएनए प्रोफाइल दिन सकिने व्यवस्था प्रस्ताव

काठमाडौं । अपराध अनुसन्धान तथा न्यायिक कारबाहीका क्रममा आवश्यक परे विदेशी मुलुकलाई नेपाली नागरिकको डीएनए प्रोफाइल उपलब्ध गराउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदनमा यस्तो प्रावधान राखेको हो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ मा […]

झापाका निजी अस्पतालमा १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी बनाउने निर्णय

झापा । झापाका निजी अस्पतालमा सरकारले तोकेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा अस्पताल सञ्चालक तथा सरोकारवालाबीच छलफल भएको छ। प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेलको पहलमा बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा गरिब, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई सहज रूपमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा जोड दिइएको छ। सेवा […]

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिस भएका व्यक्तिहरूलाई अस्पतालको सञ्चालक समितिको सदस्य पदमा नियुक्त […]

झापामा जेईविरुद्धको खोप अभियान : पहिलो दिन २१ हजार ७४६ जनाले लगाए खोप

झापा । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार जिल्लाका नौ स्थानीय तहमा आइतबारदेखि खोप अभियान सुरु भएको हो । पहिलो दिन ३० देखि ६० वर्ष उमेर समूहका १५ हजार ९०५ जना र ६० वर्षमाथिका पाँच […]

भोजपुरमा खोरेत रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन हुने

भोजपुर । भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सञ्चालन हुने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा असोज ८ गतेदेखि कात्तिक १५ गतेसम्म अभियान सञ्चालन हुनेछ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले अभियानका लागि खोप सहजकर्तालाई आवश्यक […]

डेंगु संक्रमण कोशीका १३ जिल्लामा फैलियाे

झापा । कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर बढ्दै गएको छ । झापा जिल्ला डेंगुको सबैभन्दा उच्च जोखिममा देखिएको छ । कोशी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुइँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार प्रदेशमा ७९३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगुको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ । उनका अनुसार […]

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि खोप अभियान सञ्चालन हुँदैछ । स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको र […]

जापानी इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

काठमाडौँ । नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जारी गरेको स्थिति प्रतिवेदनअनुसार देशका १६ जिल्लामा जेई सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा बढी झापाका ६ जना छन्। त्यस्तै, सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा दुई–दुई जनाको मृत्यु […]

अस्पताल परिसरबाहिर सुत्केरी : स्वास्थ्य मन्त्रालयले अस्पतालसँग माग्यो स्पष्टीकरण

काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनापछि अस्पतालसँग स्पष्टीकरण मागिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । मन्त्रालयले अस्पतालसँग घटनाबारे स्पष्टीकरणसमेत मागेको छ । घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याइने र छानबिनका क्रममा अस्पताल वा सम्बन्धित व्यक्तिको गल्ती वा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं