आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा ३४ हजार २९४ लाई सेवा प्रदान गरेको छ । चिकित्सालयले सो अवधिमा बहिरंग (ओपिडी) सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षार सूत्र, प्रयोगशाला, फिजियोथेरापी, शिरोधारा र स्वर्णप्राशन सेवा प्रदान गरेको हो । कार्यालयका सूचना अधिकारी सोमकान्त पौडेलले आर्थिक वर्ष […]

सात हजार कुखुराको ‘पोष्टमार्टम’ स् १० रोग पहिचान

चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरा पालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो । प्रयोगशालाका प्रमुख डा। विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशालाले पोष्टमार्टमबाहेक रोग पहिचानको काम […]

विश्व लामखुट्टे दिवस : ‘सानो टोकाइ, ठूलो चुनौती’

काठमाडौँ । सानो टोकाइ, ठूलो चुनौती भन्ने नाराका साथ विश्व लामखुट्टे दिवस आज नेपालमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। लामखुट्टेको टोकाइबाट हुने रोगबाट बच्न तथा यससम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसजस्ता रोग लाग्ने गर्छन्। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे रहेको पुष्टि […]

सर्पले टोकेर ४ महिनामा ६६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो चार महिनामा सर्पले टोकेर ६६ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वैशाखयता सर्पको टोकाइबाट ६६ जनाको मृत्यु भएको हो । महाशाखाका चिकित्सक डा. अमृत पन्थीका अनुसार उक्त अवधिमा ९५६ जनालाई सर्पले टोकेको छ । “सर्पले टोकेका प्रत्येक एक सय जनामध्ये १० देखि १२ जनामा […]

डीआर कंगोमा इबोला प्रकोप घातक बन्दै, मृत्यु संख्या २,३२५ पुग्यो

किन्सासा। प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला प्रकोप देशको इतिहासमै सबैभन्दा घातक बनेको छ। सरकारी तथ्याङ्क अनुसार हालसम्म त्यहाँ इबोलाका कारण २ हजार ३२५ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९४५ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ। डीआर कंगोको सार्वजनिक स्वास्थ्य संस्थाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पछिल्लो २४ घण्टामा मात्रै १०१ […]

झापामा जापानिज इन्सेफ्लाइटिसको अध्ययन गर्न स्थलगत टोली परिचालन

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्था अध्ययन गर्न स्थलगत टोली परिचालन गरिएको छ । जिल्लामा पछिल्लो चार महिनामा १० जनामा संक्रमण पुष्टि भएको र सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएपछि संक्रमणको अवस्था, वातावरणीय जोखिम तथा समुदायको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार […]

‘नियमसंगत’ आँखा अस्पतालमा ‘नियम मिचेर’ प्रशासनको ताला ?

विराटनगर । गत विहीबार (साउन २८) मा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला नेतृत्वको टोली विराटनगरका विभिन्न आँखा अस्पतालमा अनुगमन गर्ने भन्दै पुग्यो । अस्पताल सञ्चालक र प्रशासनले अस्पताल सञ्चालनका प्रकृया, कागजात र अवस्था देखाए/बुझाए । तर, सहायक प्रजिअ कोइराला त्यति हेरेर रोकिएनन्, अस्पतालका गेट र केही शाखामा ताला लगाए/शिल नै गरे । अस्पतालले […]

बिरामी बोक्ने एम्बुलेन्स नै थलियो

मुस्ताङ : मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स १५ वर्ष पुरानो हुँदा गम्भीर बिरामीलाई अन्यत्र उपचारका लागि लैजान समस्या हुने गरेको छ। जीर्ण अवस्थामा रहेको उक्त एम्बुलेन्स पटकपटक बिग्रिँदा अस्पतालभित्रै बिरामी ओसारपसार गर्नसमेत कठिनाइ हुने गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार अस्पतालसँग एउटा एम्बुलेन्स भए पनि त्यो भरपर्दो अवस्थामा […]

झापामा जापानिज इन्सेफ्लाइटिस फैलिँदै, १० संक्रमित

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस ९जेई०को सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो पटक मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा जेई संक्रमितको संख्या १० पुगेको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। हालसम्म मेचीनगरमा चार, बिर्तामोडमा दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधारामा एक–एक […]

लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन हुन्छ : मन्त्री मेहेता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन्। राजमार्गमा हुने दुर्घटना र घाइतेहरूको उपचारलाई मध्यनजर गर्दै मन्त्री मेहताले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्। लहानमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०, भवन निर्माण तथा विशेषज्ञ चिकित्सकको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं