चितवनमा १५ जनामा औलो रोगको संक्रमण

चितवन । गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को समस्या देखिएको छ । तीन हजार ४१५ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ […]

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु

झापा । जापानिज इन्सेफ्लाइटिस   सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा ५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म ९ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् […]

गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा. आशिष गोविन्द अमात्य नियुक्त

विराटनगर । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्। नियुक्तिपछि प्रा.डा. अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणसँगै उनले केन्द्रको निर्देशकका रूपमा औपचारिक जिम्मेवारी सम्हालेका छन्।

स्वास्थ्यको कार्यसम्पादनमा पहिलो बन्यो सिलिचोङ गाउँपालिका

संखुवासभा । संखुवासभाका १० स्थानीय तहमध्ये सिलिचोङ गाउँपालिका स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा पहिलो बन्न सफल भएको छ । सेवा प्रवाह, स्वास्थ्य उपकरण, भौतिक पूर्वाधार लगायतको व्यवस्थापन लगायतका सुचाकाङ्कहरुको आधारमा सिलिचोङ प्रथम बनेको हो ।स्वास्थ्य कार्यालय संखुवासभाले स्वास्थ्यसम्बन्धी विभिन्न सूचकका आधारमा कार्यसम्पादनमा सिलिचोङ गाउँपालिकाले प्रथम  स्थान हासिल गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्यसम्बन्धी गतिविधिका […]

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्त मासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो । चिकित्सकका अनुसार शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्त कोष (आरबिसी), सेतो रक्त कोष (डब्लुबिसी) र प्लेटलेट्स […]

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम

विराटनगर । नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो। शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई […]

संखुवासभा र जुम्लाका दुई जोखिमपूर्ण सुत्केरीको हवाई उद्धार

काठमाडौँ ।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको सक्रियतामा दुर्गम क्षेत्रका दुई जोखिमपूर्ण अवस्थामा रहेका महिलाको सफल हवाई उद्धार गरिएको छ। मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत उनीहरूलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएर ज्यान जोगाइएको हो। मन्त्रालयका अनुसार साउन १७ गते सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ निवासी ३३ वर्षीया प्रभा ढुङ्गानाको शिशु जन्माएपछि […]

चिकित्सक संघद्वारा आज पनि आकस्मिकबाहेकका सबै सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीमाथि कारबाही गर्न सरकार उदासीन बनेको भन्दै आज पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने जनाएको छ । संघले यसअघि हिजो मंगलबार पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको […]

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

विराटनगर । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्दको घोषणा गरेको छ । संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा आन्दोलनका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको घोर भर्त्सना गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गर्दै आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको […]

डा. गोविन्द केसीद्वारा आमरण अनशन स्थगित

धनगढी । धनगढीमा आमरण अनशनरत डा. गोविन्द केसीले सरकारसँग वार्तापछि सहमति जुटेपछि आफ्नो अनशन समाप्त गरेका छन्। बिहीबारदेखि सुरु भएको अनशनका क्रममा उनका मागका विषयमा छलफल गर्न सरकारी प्रतिनिधिमण्डल शनिबार धनगढी पुगेको थियो। वार्ताबाट सहमति भएपछि डा. केसीले अनशन अन्त्य गर्ने निर्णय गरेका हुन्। अनशन समापनका क्रममा उनले धनगढीस्थित अस्पतालमा बिरामीका कुरुवा रहेका गौमुल गाउँपालिका-२ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं