ताप्लेजुङ पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । ९ स्थानीय तह रहेका जिल्लाका प्रत्येक वडा र स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका भएसँगै ताप्लेजुङलाई […]

रानी आँखा अस्पतालको निःशुल्क शिविर बराहक्षेत्रमा, २७० जनाले लिए सेवा 

विराटनगर । मोरङको विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालले सुनसरीको बराहक्षेत्र–८ मा आयोजना गरेको निःशुल्क आँखा शिविरमा २७० जनाले सेवा लिएका छन् ।  अस्पतालको आयोजना तथा बराहक्षेत्र नगरपालिका–८ सालवनी, सुनसरीमा रहेको जनक माध्यमिक विद्यालयको व्यवस्थापनमा बुधबार सञ्चालन भएको उक्त शिविरमा १५० जना विद्यार्थी र १२० जना अभिभावकको आँखा परीक्षण गरिएको थियो । विद्यालयमा विहान १० […]

रानी आँखा अस्पतालको शिविर सुनसरीमा, ५०० बढीले लिए निःशुल्क सेवा

विराटनगर । सुनसरीको बाराहक्षेत्र नगरपालिका–९ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ५ सय बढी सेवाग्राहीले लाभ लिएका छन् । विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालको आयोजना तथा विद्यालयको व्यवस्थापनमा सोमबार सम्पन्न शिविरमा ४४५ विद्यार्थी र ८० जना अभिभावकको आँखा परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले जानकारी दिइन् । उनका अनुसार […]

सरकारी र निजी अस्पतालको अनुगमन सुरु

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालको अनुगमन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले डा. रोशन न्यौपानेको नेतृत्वमा विशेष टोली परिचालन गरेको हो । टोलीले सरकारी तथा निजी अस्पतालहरूको दैनिक अनुगमनलाई उच्च प्राथमिकताका साथ तीव्रता दिएको मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए। यसै अभियानअन्तर्गत गत हप्ता […]

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट (एचए), सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णतः उपेक्षा गरिएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । सरकारले ३५ वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्यकर्मीले शनिबार (वैशाख २६) जनकपुरधामको जनकचोकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको पुतला दहन […]

जहदामा रानी आँखा अस्पतालको निःशुल्क शिविर, १२५ जनाले लिए सेवा

विराटनगर । मोरङको जहदा स्थित राम जानकी आधारभूत विद्यालयमा आयोजित आँखाको निःशुल्क स्वास्थ्य शिविरमा एक सय २५ जनाले सेवा लिएका छन् । विराटनगर – १५ मा रहेको रानी आँखा अस्पतालको आयोजना तथा राम जानकी आधारभूत विद्यालयको व्यवस्थापनमा शुक्रबार सम्पन्न एक दिने शिविरमा स्थानीयको आँखा परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले जानकारी दिइन् । जहदा […]

दैनिक संगीत सुन्दा स्वास्थ्यमा देखिन्छ सकरात्मक प्रभाव ?

काठमाडौं । हिजोआज जिन्दगी यति भागदौडपूर्ण बनेको छ कि जिन्दगीमा तनाव निकै बढेको छ । व्यावसायिक र व्यक्तिगत अप्ठ्याराहरू मानिसका लागि समस्या बन्दै गइरहेका छन् । मानिसहरू प्रायः तनावसँग जुध्ने तरिकाहरू खोजिरहेका हुन्छन् । धेरैजसो मानिस तनाव कम गर्न चियातिर लाग्छन भने अरू चुरोट वा रक्सीतिर लाग्छन् । तर तनाव कम गर्ने एउटा यस्तो तरिका […]

फलफूलमा बिरे नुन हालेर खानुहुन्छ कि हुँदैन ?

काठमाडौं । गर्मीयाममा खरबुजा, आँप, स्याउ वा मेवाजस्ता ताजा फलफूलको खपत धेरै हुन्छ । धेरैले यी फलफूलमा बिरे नुन छर्केर खान्छन् । यसले स्वाद त बढाउँछ नै पाचन पनि सुधार गर्छ भन्ने विश्वास गरिन्छ । तर यो बानी आफ्नो स्वास्थ्यको लागि कति फाइदाजनक वा हानिकारक हुन सक्छ भनेर तपाईंले कहिले सोच्नुभएको छ ? करेन्ट रिसर्च […]

ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफल

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया सफल भएको सचिवालयले जानकारी दिएको छ ।

धेरै सोच्ने र तनाव लिने बानी छ ? निम्तिन सक्छन् यी ५ गम्भीर रोग

काठमाडौँ । पहिलेपहिले मानिसहरूसँग भौतिक सुविधाको अभाव भए पनि जीवन सुखी थियो र तनाव निकै कम हुन्थ्यो। हिजोआज मानिसको जीवन धेरै हिसाबले सहज त भएको छ, तर प्रायः सबैजना तनाव र चिन्ताले पिरोलिएको देखिन्छन्। करियरको चिन्ता, जागिरको पिरलो, बिग्रँदो आपसी सम्बन्ध, अनिश्चित भविष्य र दौडधुपपूर्ण जीवनशैलीले स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ। बिहान उठेपछि राति सुत्ने […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं