नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली नजिकै नोएडामा रहेको एक पाँच तले आवासीय भवनमा बुधबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । नोएडाको सेक्टर ६६ मा अवस्थित उक्त भवनको भुइँतलामा रहेको पार्किङ क्षेत्रमा इलेक्ट्रिक स्कुटर चार्ज गर्ने क्रममा सल्किएको आगोले भीषण रूप लिएको प्रहरीको प्रारम्भिक अनुमान छ । पार्किङमा रहेका अन्य पेट्रोलजन्य […]
सिड्नी । अष्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवश्यक कानुन बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् । सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा, अल्बेनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हित तर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताए । […]
काठमाडौं । अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण जारी राखेको छ । इरानमाथि अमेरिकाको यो लगातार चौथो दिनको आक्रमण हो । अमेरिकाले इरानी बन्दरगाहहरूको नौसैनिक नाकाबन्दी पनि सुरु गरेको छ । इरानमाथि दबाब बढाउन यो कदम चालिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण जारी राख्ने बताएका […]
दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ। अमिरी दिवानले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको छ। अमिरी दिवानले स्वर्गीय शेख खलिफालाई राष्ट्रका लागि महत्वपूर्ण योगदान पुर्याएका नेताका रूपमा स्मरण गर्दै […]
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत भएको जानकारी दिएका छन् । उनले तेहरानसँगको युद्ध विराम भने अब समाप्त भएको स्पष्ट पारे। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले सो कुराको जानकारी दिनुभएको हो । यसैबीच, तनाव कम गर्ने र अमेरिका–इरान वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले कतारी मध्यस्थकर्ताहरू इरान […]
तेहरान । इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेसँगै अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले साइप्रसको झण्डा बोकेको एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले यो साताको तेस्रो ठुलो सैन्य कारबाही गरेको हो। इरानी सञ्चारमाध्यमका […]
कंगो । लोकतान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका कारण मृत्यु हुने मानिसहरूको संख्या ६४८ जना पुगेको छ भने एक हजार ८३० जनामा संक्रमण पुष्टि भएको घटनाहरूको दर्ता भएका छन् । पछिल्लो तथ्यांकमा विगत २४ घण्टामा दर्ता भएका संक्रमण र मृत्युहरूसमेत समावेश भएको अधिकारीहरूले बताएका छन् । स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति […]
काराकस । भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ । गत जुन-२४ मा आएको भूकम्पकाकारण कम्तिमा चार हजार ११८ जनाको मृत्यु भएको पुष्टि गर्दै १६ हजार ७४० जना घाइते भएको र तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरूलाई प्रभावित गराएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत […]
वासिङ्टन । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अमेरिकासँग साझा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । अमेरिका–इरानबीच पुनः सैन्य तनाव बढ्दै पूर्ण युद्धतर्फ फर्किन सक्ने आशंका भइरहेका बेला सार्वजनिक भएको यो दाबीले सुरक्षा चिन्ता थप बढाएको छ । सिएनएनले यस विषयमा […]
काठमाडौं । अस्ट्रेलिया र भारतबीच आणविक ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार अस्ट्रेलियाले भारतलाई आणविक ऊर्जा उत्पादनका निम्ति युरेनियम निर्यात गर्नेछ । साथै, दुवै देशले नवीकरणीय ऊर्जा, महत्त्वपूर्ण खनिज र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य बढाउने सहमति गरेका छन् । भारतले सन् २०४७ सम्म १०० गिगावाट आणविक ऊर्जा उत्पादन […]