काठमाडौँ । ट्रम्प प्रशासनले कतारलाई ४.५ अर्ब अमेरिकी डलर बराबरको ‘केसी–४६ए’ एरियल रिफ्युलिङ विमान र सोसँग सम्बन्धित सैन्य उपकरणहरू विक्री गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी दिएको हो । विज्ञप्तिअनुसार कतारले चार थान केसी–४६ए विमान, चार थान जगेडासहित आठ थान पिडब्ल्यु ४०६२ टर्बोफ्यान इन्जिन, […]
क्रिभी । युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह सहरस्थित एक सपिङ मलमा रुसी ड्रोनको दुई चरणको आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आक्रमणमा २३ बालबालिकासहित १३० जना घाइते भएका छन्। घाइतेमध्ये २९ जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस फसेको आशंका गरिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो […]
काठमाडौं । पाकिस्तान क्रिकेटका विश्वविजेता पूर्वकप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशपछि जेलबाट इस्लामाबादस्थित निजी अस्पतालमा सारिएको छ । ७३ वर्षीय इमरानलाई शुक्रबार बिहान कडा सुरक्षा व्यवस्थाबीच आदियाला जेलबाट शिफा इन्टरनेसनल अस्पताल लगिएको हो । पाकिस्तानको सर्वोच्च अदालतले उनको बिग्रँदो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै बहुविषयगत चिकित्सक टोलीबाट स्वास्थ्य परीक्षण तथा उपचार गराउन आदेश दिएको […]
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता कुनै समय पुनः शुरु हुनसक्ने संकेत गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वर्तमान परिस्थिति निकै राम्रो रहेको दाबी गरे। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान शुरु गरेपछि हर्मुज जलसन्धि प्रभावकारी रूपमा बन्द गरिएको थियो । सोही सन्दर्भमा बोल्दै ट्रम्पले उक्त […]
एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आर्थिक दबाब बढाउने घोषणा गरेको विषयलाई असफल नीतिको निरन्तरता भन्दै आलोचना गरेका छन्। उनले अमेरिकी दबाबले इरानलाई झुकाउन नसक्ने र यसबाट वासिङ्टनले थप पराजय भोग्ने दाबी गरेका छन्। अराघचीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी कदमलाई अभूतपूर्व ऋण र बढ्दो ब्याज लागतको सामना गरिरहेको अमेरिकाको […]
चीन । चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ लाई निर्धारित समयमा प्रक्षेपण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। चीनको म्यान्ड स्पेस एजेन्सी ९सीएमएसए० का अनुसार, मिसनका लागि आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको छ। बुधबार चाङ’ई–७ चन्द्रयान र लङ मार्च–५ वाई १४ वाहक रकेटको संयोजनलाई दक्षिण चीनको हेनान प्रान्तस्थित वेनचाङ स्पेसक्राफ्ट लन्च साइटको […]
काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्नो कार्यकालभित्रै संयुक्त राज्य अमेरिकाबाट युद्धकालीन सैन्य परिचालन नियन्त्रण (ओपिसीओएन) फिर्ता लिने सरकारी योजनालाई पुनः पुष्टि गरेका छन्। मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै उनले सन् २०३० मा आफ्नो कार्यकाल समाप्त हुनुअघि नै दक्षिण कोरियाली सेनाको युद्धकालीन कमान्ड पुनः प्राप्त गर्ने लक्ष्य दोहोर्याएका हुन्। राष्ट्रपतिको कार्यालय ‘ब्लु हाउस’मा आयोजित […]
अफगानिस्तान । अफगानिस्तानस् राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको एक निजी विद्यालयबाहिर भएको बम विस्फोटमा परी कैयौँ विद्यार्थी गम्भीर घाइते भएका छन्। काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले सोमबार राति घटनाको पुष्टि गर्दै सुरक्षा टोली घटनास्थलमा पुगिसकेको र विस्फोटबारे विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार विद्यालय बिदा भएर विद्यार्थीहरू घर फर्किने क्रममा विस्फोट […]
चीन । चीनले बुधवार बिहान पुनः प्रयोग गर्न मिल्ने रकेट ‘जुके-३’ को सफल प्रक्षेपण गरेको छ । यस अभियानका क्रममा चीनले पहिलो पटक रकेटको पहिलो खण्डलाई जमिनमा सफलतापूर्वक अवतरण गराउन सफलता प्राप्त गरेको हो । उत्तर–पश्चिमी चीनस्थित दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट जोनबाट बेइजिङ समयअनुसार बुधवार बिहान ७:३५ बजे ‘जुके–३ वाई–२’ रकेट प्रक्षेपण गरिएको थियो […]
एजेन्सी । दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मंगलबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ। प्रहरीले विद्यालय परिसरमा प्रवेश गरेका एक विद्यार्थीले कक्षाकोठामा गोली चलाएको जनाएको छ। पश्चिमी मिन्डानाओको जाम्बोआंगा सहरस्थित क्याथोलिक निजी संस्था एटिनो डे जाम्बोआंगा विश्वविद्यालयमा घटना भएको हो। प्रहरीले पछिल्ला केही महिनामा फिलिपिन्समा भएको यो दोस्रो विद्यालय गोलीकाण्ड भएको जनाएको छ। क्षेत्रीय […]