कतारको रास लाफानमा विस्फोट: १८ जना बेपत्ता, ५४ जना घाइते

दोहा । कतारको रास लाफान औद्योगिक नगरस्थित एक कारखानामा आइतबार राति भएको विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन् । कतारको आन्तरिक मन्त्रालयका अनुसार राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा रहेको रास लाफान औद्योगिक क्षेत्रमा प्राविधिक गडबडीका कारणले विस्फोट भएको हो । उक्त क्षेत्र कतारको प्राकृतिक ग्यास निर्यातको प्रमुख […]

ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ भने सेयर बजार ओरालो लागेको छ। राष्ट्रपति ट्रम्पले आइतबार फक्स न्युजसँग कुरा गर्दै यदि इरानसँग सम्झौता हुन नसकेमा अमेरिकाले फेरि बमबारी गर्न सक्ने र विश्व ऊर्जा व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजलाई ‘आफ्नो नियन्त्रणमा लिन’ सक्ने बताएका […]

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

एजेन्सी । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (लगभग ९० अमेरिकी डलर) पुर्‍याउने निर्णय गरेको छ । मुद्रास्फीति र येनको अवमूल्यनको बीचमा १९७८ पछि पहिलो पटक वृद्धि भएको उक्त निर्णयको घोषणा विदेशमन्त्री मोटेगी तोशिमित्सुले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरेको हो । यसैगरी बहु–प्रवेश भिसाको […]

पूर्वी प्रशान्त महासागरमा अमेरिकी डुंगा आक्रमण जारी, पछिल्लो आक्रमणमा ३ जनाको मृत्यु

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले पूर्वी प्रशान्त महासागरमा संदिग्ध लागुऔषध तस्करीको आरोपमा डुंगा आक्रमण जारी रहेको बताउँदै पछिल्लो आक्रमणमा डुंगामा सवार तीन जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । अमेरिकी सेनाले सेप्टेम्बरको सुरुमा “साउदर्न स्पियर“ अपरेसन सुरु गरेको बताउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाबाट सञ्चालित लागु–औषध कार्टेलहरूसँग अमेरिका प्रत्यक्ष युद्धमा रहेको बताएका छन् । […]

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्न हस्ताक्षर भएकाे १४ बुँदे समझदारीपत्रमा के छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसउद पेजेशकियानले अमेरिका र इजरायलद्वारा इरानविरुद्ध जारी युद्ध अन्त्य गर्न समझदारीपत्र (एमओयू) मा विद्युतीय रूपमा हस्ताक्षर गरेका छन्। पाकिस्तानका अनुसार ‘इस्लामाबाद एमओयू’ कार्यान्वयनमा आइसकेको छ। अमेरिकी अधिकारीहरूका अनुसार उक्त समझदारीमा इरानले परमाणु हतियार नबनाउने वा नकिन्ने, सबै मोर्चामा युद्ध अन्त्य गर्ने तथा हर्मुज जलमार्ग पुनः सञ्चालनमा […]

अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा वायु सेनाको विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । एडवर्ड्स एयर फोर्स बेसबाट सोमबार बिहान उडान भरे लगत्तै विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । वायु सेनाका कर्णेल जेम्स हेजले विमान दुर्घटनामा सैनिक, सरकारी कर्मचारी र सरकारी ठेकेदार गरी आठ जनाको मृत्यु भएको पुष्टि गरेका छन् […]

पाकिस्तानमा सेनाको हेलिकोप्टर दुर्घटना, २२ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तान नियन्त्रित काश्मिरमा बिहीबार सैनिक हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा २२ सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा बुधबार भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले जनाएको छ । यसअघि इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले जारी गरेको विज्ञप्तिमा […]

मध्यपूर्वमा तनाव : इरानमाथि अमेरिकी आक्रमण, होर्मुज जलमार्ग बन्द

काठमाडौं । दुई महिनाको अस्थायी युद्धविरामपछि पछिल्लो घटनाक्रमहरूले मध्यपूर्वमा फेरि तनाव बढाएको छ । अमेरिका र इरानबीच बढ्दो तनावका बीच अमेरिकी सेनाले बुधबार राति राजधानी तेहरानसहित धेरै इरानी शहरहरूमा आक्रमण गरेको दाबी गरेको छ । इरानी विभिन्न शहरहरूमा ठूला विस्फोटहरू पनि सुनिएका छन् । यसले दुई देशबीचको तनावलाई अझ बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । […]

लेबनानमाथि इजरायलको आक्रमण जारी, पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु

एजेन्सी । इरान समर्थित हिजबुल्लाह विरुद्ध इजरायलले लेबनानमाथि निरन्तर आक्रमण जारी राखेको छ। दुवै देशले एक–अर्कामाथि हमला रोक्ने बताएको भोलिपल्ट नै इजरायलले यो कदम चालेको हो। लेबननको स्वास्थ्य मन्त्रालयले मंगलबार देशको दक्षिणी क्षेत्रस्थित टायर सहरमा इजरायली सेनाले हमला गर्दा २९ जनाको मृत्यु भएको बताएको छ। यस्तै हेजबुल्लाहले सोमबार राति अगाडि बढिरहेको इजरायली सेनाविरुद्ध रकेट प्रहार […]

कंगोमा इबोलाबाट १०० जनाको मृत्यु

एजेन्सी । पूर्वी कंगोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १ सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पछिल्लो तथ्यांकले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको संकेत गरे पनि वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने आशंका गरिएको छ । स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जना सङ्क्रमित पुष्टि भएका छन् । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं